२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः २ अंकभन्दा बढीले बढ्यो नेप्से परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २३
|
510 views

ललितपुर । आज आइतबार साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढीले बन्द भएको छ।

आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंकले बढेको हो । गत विहीबार नेप्से ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा बन्द भएको थियो । आइतबार भने उही सेसनमा २.२७ अंक बढेर २५९८.३९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक बढेको छ।

आज प्रि ओपन सेसनमा ४० स्टकको ७६ पटकको कारोबारमा ४८ लाख ९१ हजार १२२ रुपैयाँबराबरको ८ हजार ९३४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया