|
|
२०८२ पुष २०
1.3k views
ललितपुर । आज आइतबार अर्थात् साताको पहिलो कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकभन्दा बढीले घटेर बन्द भएको छ।
गत विहीबार अर्थात् अघिल्लो कारोबारको दिन १२.८३ अंक घटेर २६२०.९२ विन्दुमा बन्द भएको नेप्से, आइतबार सोही सेसनमा ४.०६ अंकले घटेर २६१६.८६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४९ अंक घटेको छ।
यस्तै आजको प्रि ओपन सेसनमा ५२ स्टकको १३६ पटकको कारोबारमा ४६ लाख ८ हजार ९१० रुपैयाँ २० पैसाबराबरको ६ हजार ५१८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।











फेसबुकबाट तपाईको प्रतिक्रिया