|
|
२०८२ मंसिर १७
1.8k views

ललितपुर - ललितपुर । आज बुधबार अर्थात् साताको चौथो सेयर कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकभन्दा बढीले बढेर बन्द भएको छ ।
मंगलबार अर्थात अघिल्लो कारोबारको ४.३३ अंक घटेर २६४०.९० विन्दुमा झरेको नेप्से बुधबार सोही सेसनमा २.७९ अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको छ।
यस्तै आज प्रि ओपन सेसनमा ६४ वटा स्क्रिप्सको १५ हजार ५३ कित्ता सेयर १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ वटाको घट्यो। ४ स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो।

बिजनेस पाटी