२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रेम र बिछोडको भाव झल्कने ‘बानी’बोलको नयाँ गीत बजारमा

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २५
|
1.5k views

गायक दिनेश क्षेत्रीको शब्द तथा संगीतमा ‘बानी’ बोलको नयाँ गीत बजारमा आएको छ । दिनेशकै स्वरमा सार्वजनिक गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, करुणा श्रेष्ठ, सबिन कट्टेल र सुस्मिता श्रेष्ठको अभिनय छ ।

भिडियोमा प्रेम, दुरी र बिछोडको कथा देखाइएको छ । नेपालको युवा र सिक्किमकी युवतीबीचको प्रेममार्फत फरक भूगोलको प्रेमलाई पनि यो गीतमा समावेश गरिएको छ ।

गीति कथा शैलीको यो गीतको भिडियोमा प्रयोग संवाद दिनेश र केशव भट्टराईले लेखेका हुन् । उत्सव दाहालले खिचेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । निर्देशक सुब्रत आचार्यले गीतको भिडियो निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया