प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ८
|
510 views

ललितपुर - ललितपुर । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत
विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, शिक्षक अभिभावक सँघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

स्थानीय तहको शिक्षा विकासमा निजी क्षेत्रको सहभागिता बढ्दै जाँदा यस्ता पहलहरूले विद्यार्थीको पठनपाठनमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube