फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २०
|
1.7k views

ललितपुर - ललितपुर । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गर्दै फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको समय तोकिएको छ भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ। फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यतालिका रहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube