२०८२ आश्विन १६ | Oct 02, 2025

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ५
|
510 views

ललितपुर । ललितपुर । सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने एएफसी ओमन्स क्लब च्याम्पिएन्स २०२५–२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका फुटबल खेलाडी, प्रशिक्षक र अधिकारीहरुलाई बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा एक समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसियन फुटबल कन्फेरेडेसनको आयोजनामा यही भदौ ९ देखि १५ गते ९अगस्ट २५ देखि ३१० सम्म हुने उक्त खेलमा सहभागी हुने खेलाडीसहितका प्रतिनिधिहरुलाई बिदाइ गरेका हुन् । 

महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गरे । उनले खेल सङ्गठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भनाइ राखे ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गरे । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले खेलाडीहरुले जितको शुभकामना दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया