२०८२ फाल्गुन ६ | Feb 18, 2026

‘फेस अफ नेपाल २०२५’ सुरु, हट्यो उचाइको मापदण्ड 

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २४
|
357 views

ललितपुर । एसिया मोडल फेस्टिभल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन नेपालले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो। आजबाट प्रतियोगीहरूले अनलाइन मार्फत फर्म भर्न सक्नेछन् । यस पटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ।
प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यस पटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । गएका वर्षहरूमा उचाइमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् | फेस अफ नेपाल की नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारणले नै सहभागिता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यस वर्षबाट उचाइको मापदण्ड हटाइएको जानकारी दिइन्। उनले उमेरमा भने १८ वर्ष पुरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत् रहेको जानकारी गराइन्।
यस पटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिएका छन्। पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित थिए। उनीहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया