२०८२ असार ९

ललितपुर । आउँदो जुलाई ११ देखि २२ सम्म बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
यमप्रसाद गुरुङ मुख्य प्रशिक्षक रहेको टोलीमा लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर रहेका छन् ।
उक्त च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका र भुटान सहभागी हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया