बज्रयोगिनी अपाङ्ग मैत्री सहकारीको निःशुल्क शिवीर डडुवामा

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर १८
|
918 views

ललितपुर - ललितपुर । ज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले स्वास्थ्य शिविर सहित ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । चौतारा साँगाचोक गढी नगरपालिका वडा नं. १४ मा प्रधान कार्यालय रही नगरस्तरीय कार्यक्षेत्र रहेको बज्रयोगिनी अपाङ्गमैत्री सहकारी संस्थाले आयुर्वेदिक चिकित्सालय जिल्ला कार्यालय सिन्धुपाल्चोक र सामुदायक स्वास्थ्य केन्द्र डडुवा र गैरटार स्वास्थ्य चौकीका संयुक्त टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरेका थिए ।

अपाङ्गता भएका ब्यक्तिहरुको ३४औं अन्तराष्ट्रिय अपाङ्गता दिबशका अवसरमा आयोजित शिविरको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले अशाय, अपाङ्ग, ६० बर्ष माथिका जेष्ठ नागरिक एकल महिला, सिमान्तकृतहरुका लागि नगरपालिकाले स्वास्थ्य बिमा गरिदिने ब्यवस्था गरेको बताए ।

नगर प्रमुख नगरप्रमुख सापकोटाले बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले दिवसका अबशरमा स्वास्थ्य शिविर राखेर पुन्य काम गरेको बताए । कार्यक्रमका बिशेष अतिथि उपप्रमुख सिता थापाले चौतारा साँगाचोकगढी नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुका लागि बिशेष कार्यक्रम गरिरहेको बताउँदै अपाङ्गता भएका ब्यक्तिको क्षमता सपाङ्गभन्दा कम नभएको आफूले पाएको बताए ।

अवसर पाउँदा अपाङ्गले पनि सपाङ्गको जस्तै काम गर्न सक्ने भएकाले यसका लागि बज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाले खेलेको भुमिकाको प्रशंसा गरे । वडा अध्यक्ष उद्धब नेपालले अपाङ्गता दिवशमा धेरै जसोलो अन्तरक्रिया गरेर मनाइरहेको सन्दर्भमा बज्रयोगिनी आपाङ्ग मैत्री सहकारी संस्थाले स्वास्थ्य परिक्षण र न्यानो कपडा बितरण गरेर मनाउँन लागेकोमा बिशेष धन्यबाद समेत दिए ।

कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको हक हित र संरक्षणका लागी अग्रणी भुमिका खेलेको भन्दै अम्बर बहादुर घले लगाएत स्वास्थ्य शिबीरमा सेवा दिने स्वास्थ्य कर्मीहरुलाई सम्मान गरिएको थियो । चतुर बहादुर तामाङ्गको सभापतित्वमा भएको कार्यक्रममा नगर अपाङ्ग सम्मन्वय समितिका दिपक अर्याल लगायत अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । समाजसेवी भुपेन्द्र थापाका पहलमा नगरभरिका ७८ जना अपाङ्गता भएका ब्यक्तिले न्यानो कपडा पाएका थिए ।

लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पूर्व अध्यक्ष भगवान खड्का, कबिन्द्र दुलाल लगाएतका टोलीहरुले न्यानो कपडा बितरण गरेका थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube