२०८२ असार १२

ललितपुर । लगातार दुई दिन घटेको सुनचाँदीको मूल्य विहीबार भने बढेको छ । आज नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँ बढेको छ भने चाँदी तोलामा ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९२ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया