२०८२ आश्विन १६ | Oct 02, 2025

बबिनाको’एउटा सानो घर सार्वजनिक’

BusinessPati बिजनेस पाटी
|
२०८१ असार ३१
|
153 views

काठमाण्डौ ३१ असार २०८१-माया, प्रेममा ठुला ठुला आशा राखिन्न, मनको माया नै सबैभन्दा ठुलो हुन्छ अरु सबै कुरा गौण हुन्छन् । एउटा सानो घर चाहे त्यो झुपडी नै किन नहोस्, त्यहि घरमा फक्रन्छ माया अनि त्यहि घरमा नै मौलाउँछ पिरती । एकअर्काको भर, एकअर्का प्रतिको विश्वास, एकअर्का प्रतिको समर्पणभाव यी सबै कुरा त्यहि सानो घर भित्र अटाउँछन् । जानेर या नजानेर लगाएको त्यो माया, सानो घर भित्र झांगिएको त्यो मायाको यात्रा जीवनभरिलाई एउटै रथमा एकनासले अघि बढ्नेछ । त्यहाँ कतैबाट विरोधाभास आउने छैन, कतैबाट असन्तुलन आउने छैन, कतैबाट अवरोध आउने छैन, एकअर्का प्रतिको प्रेमिल भावले सदावहार रहनेछ युग युग सम्म । त्यहि सानो घर भित्र अट्नेछ मायाको सानो संसार, दुई मुटुको धड्कन एक हुनेछ, तिनै दुई मुटुको भरमा फक्रनेछ, फुल्नेछ प्रेम ।
जीवभरि तिर्खा मेट्ने पानी उनकै हातले पाउने चाह छ मन भरि । पानीको प्यास अनि मायाको तिर्सना दुवै मेट्न काफी छ उनको साथ । बर्खे भेल सरि मन भरि उर्लेको माया सम्हाल्न पनि कठिन छ उनलाई, उनको साथको चाह मन भरि संगालिएको अनि मन भरि उर्लेको माया एक्लै सम्हाल्न पनि कठिन छ, उनको साथको खाँचो छ यतिबेला । प्रेमिल मन यस्तरी पग्लन्छ त्यति सायद हिमनदी पनि पग्लदैन । मनबाट पग्लेको त्यो प्रीतले यति ठुलो रुप लिन्छ त्यति सायद बर्खाको खहरे पनि उर्लदैन । यसरी उर्लेको मायाको भेल उनले एक्लै कसरी छेक्न सक्नु रु कसरी रोक्न सक्नु रु त्यसैले यो उर्लेको मायाको भेलमा उनले प्रेमिल साथ खोजेकी छिन् एउटा सानो घर भित्र ।
गीतकार नुतन भुसालले लेखेकी प्रेमिल भावको गीत ‘एउटा सानो घर’ पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन सहित पहिलो नेपाली चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वरमा सार्वजनिक भएको छ । उक्त गीतमा संगीत सुनिल मास्केको रहेको छ ।
नुतन भुसालको को अफिसियल युटुव च्यानल नुतन म्युजिक मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो गोदावरीको सुन्दर पृष्ठभूमिमा छायाकंन गरिएको छ । गीतको एरेन्ज संजिव बराइलीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ । ए वान म्युजिशियनको स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । भिडियोमा यमुना पाण्डेको श्रृङ्गार कलाले सजिदै बबिनाले नुतन भुसालका शब्दका भावहरु भिडियोमा सर्लक्क उतारेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया