|
|
२०८२ पुष २१
2.9k views

ललितपुर - ललितपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ ।
गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगले आइतबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिए पश्चत् मेयर बालेन शाहलाई पत्र पठाएको छ ।
जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीको बयान सकिएपछि मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो ।

बिजनेस पाटी