२०८२ आश्विन १६ | Oct 02, 2025

बर्खास्तीको केही घण्टा नबित्दै रुसी पूर्वमन्त्री मृत फेला

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २४
|
51 views

ललितपुर । रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन्। रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन्।

स्टारोभोइटलाई सोमबारै राष्ट्रपति व्लादिमीर पुटिनले मन्त्री पदबाट हटाएका थिए। बर्खास्तीको कारण सार्वजनिक गरिएको थिएन। केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिइएको थियो।

रुसी जाँच समितिले घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको बताएको छ। प्रारम्भिक अनुमान अनुसार उनको मृत्युलाई आत्महत्या मानिएको छ।

रोमन स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर रहेका थिए। एजेन्सी

हाल घटनाबारे थप अनुसन्धान भइरहेको रुसी अधिकारीहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया