बर्खास्त गर्ने तयारी गरेपछि एनआइसी एसिया बैंक लिमिटेडका सिइओ न्यौपानेले दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २
|
1.6k views

ललितपुर - ललितपुर । एनआइसी एसिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय उनको भूमिका विवादास्पद बन्दैगएपछि बैंक सञ्चालक समितिले बर्खास्त गर्ने तयारी गरेपछि पदबाट राजीनामा दिएका हुन् ।

बिहीबार बस्ने बैंक सञ्चालक समितिको बैठक उनलाई पदमुक्त गर्ने आन्तरिक तयारी अघि बढाएको जानकारी पाएपछि न्यौपाने राजीनामा दिन बाध्य भएको बैंक स्रोतले जनाएको छ।

बोर्डले असार महिनामै उनको कामकारबाहीबारे आन्तरिक समीक्षा थालेको थियो। सोही समीक्षा प्रतिवेदनमा देखिएको कमजोरीका कारण बर्खास्तको तयारी भइरहँदा उनले बुधबार नै राजीनामा बुझाएका हुन्। उनको राजीनामासँगै अब बैंकले नयाँ सिइओ नियुक्त गर्ने तयारी थालेको छ। यसैबीचमा सिइओको प्रमुख दाबेदार रहेका सिनियर डेपुटी सिइओ सन्तोष कुमार राठीलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube