२०८२ भाद्र ६ | Aug 22, 2025

बस्ती पसेको बाघ नियन्त्रणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६

चितवन चितवन राष्ट्रिय निकुञ्जबाट मानवबस्ती पसेको बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार साँझ ७ बजे बस्तीमा पसेको बाघलाई आज दिउँसो ४ः३० बजेतिर नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–२७ बुद्धनगर झाडीमा देखिएको बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रण्मा लिइएको बाघलाई निकुञ्जको जिम्मा लगाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया