२०८२ भाद्र ६ | Aug 22, 2025

बाढी र पहिरोका कारण चार प्रदशेका विभिन्न राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची सहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५
सांकेतिक तस्वीर

ललितपुर। वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न ६ वटा प्रदेशका ६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज (सोमबार) बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै जानकारी दिएको हो ।

प्रहरीको सूचना अनुसार अविरल वर्षाका कारण गएको बाढी पहिरोले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न विभिन्न राजमार्गहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । त्यसतै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा अवरोध रहेको छ ।

उता, लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोड डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरुपमा अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फीरुपमा सञ्चालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया