बाथरोग उपचारमा अग्रणी संस्था ‘आरोग्य स्वास्थ्य सदन’मा दिवा सेवा बिस्तार

काठमाडौं, १ चैत्र २०८१।

बाथरोगको उपचार र जनसचेतनामा महत्वपुर्ण योगदान पुर्याउँदै आएको देशकै अब्बल संस्था आरोग्य स्वास्थ्य सदन (नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेल) ले बाथरोग विशेषज्ञ डा. कल्पना पुडासैनीलाई स्वागत गर्दै आज चैत्र १ गतेदेखि दिवा सेवा सुरु गरेको छ । डा. पुडासैनीको आगमनले आरोग्य स्वास्थ्य सदनले बाथरोग उपचारको क्षेत्रमा थप योगदान बिस्तार गर्न सक्ने र सदनमा बिहान १० बजे देखि नै सेवा प्रारम्भ गर्न सक्षम भएको कुरा सदनका प्रबन्ध निर्देशक हरि तिमल्सीनाले बताउनु भएको छ । बिगतमा बुधबार बिहान र अरु दिन दिउँसो ३ बजेपछी मात्रै बिरामी उपचार सेवा दिँदै आएको सदनले डा. कल्पनाको आगमनसँगै बिहान १० बजेदेखि १२ सम्म र बेलुकी ३ बजेदेखि ८ बजेसम्म सेवा खुला गरिएको उहाँले बताउनु भयो ।
वरिष्ठ बाथरोग विशेषज्ञ डा. कल्पनाले पाटन अस्पताल (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान) लगायत अन्य अस्पतालमाहरुमा समेत कार्यरत रहँदाका अनुभव यस संस्थामार्फत बिरामीको उपचार व्यवस्थापनमा अझ महत्वपुर्ण हुने तिमल्सीनाले बताउनु भयो ।

१६ बर्ष देखि निरन्तर बाथरोग सम्बन्धी उपचार सेवा प्रदान गर्दै आएको आरोग्यमा यस क्षेत्रकै अग्रणी वरिष्ठ बाथरोग विशेषज्ञ प्रा.डा. बुद्धिप्रसाद पौड्याल, वरिष्ठ बाथरोग विशेषज्ञ उप प्रा.डा. केशव सिग्देल लगायतले सेवा दिँदै आउनु भएको छ । संस्थाले स्वास्थ्य क्षेत्रका दर्जनौं व्यक्तिलाई रोजगारी समेत दिँदै आएको छ ।
देशको यकिन तथ्यांक उपलब्ध नभए तापनि अन्य देशको आँकडालाई आधार मान्दा नेपालमा कुल जनसंख्याको १० प्रतिशत जतिमा कुनै न कुनै प्रकारको बाथरोग रहेको अनुमान गरिएको छ । अनेकौं प्रकारका बाथरोगहरुले गर्दा लाखौं जनताको जनजिवनलाई प्रभाव पारिरहँदा नेपालमा यसको उपचार व्यवस्थापनमा सरकारले आवश्यक ध्यान दिन सकेको छैन । केही बाहेक सरकारी अस्पतालहरुले समेत बाथरोगबारे छुट्टै विभाग बनाएर सेवा प्रदान गर्न नसकिरहेको अवस्था छ।

साथै बाथरोग विशेषज्ञ डाक्टरहरुको अभावका कारण अधिकांश बिरामीहरु यस रोगको उपचारबाट बञ्चित समेत छन् । यस्तो परिस्थितिमा प्राइभेट संस्था नै किन नहोस्, आरोग्य स्वास्थ्य सदनले भने बिगत १६ बर्ष देखि निरन्तर बाथरोगबारे व्यापक जनचेतना जगाउने क्रियाकलापहरु संचालन गर्नुका साथै यसबारे अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया