२०८२ भाद्र ६ | Aug 22, 2025

बाबुरामको पार्टी फुट्यो

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र ३

काठमाडौं ३ चैत,२०८०।

बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसाप) फुटेको छ ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको हो । बाबुराम भट्टराईलाई पनि सहभागी गराउने प्रयास असफल भएपछि नेसपा फुटाएर महिन्द्र रायले माओवादीसँग एकता गर्ने सहमति गरेका हुन् । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।

बैठकले एकीकृत पार्टीको नाम भने आगामी महाधिवेशनबाट टुंगो लगाउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया