बालाजु अटो वर्क्सले रौतहटमा गर्यो महिन्द्राको नयाँ आधिकारिक सेवा केन्द्रको उद्घाटन

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १०
|
1.1k views

ललितपुर - रौतहट । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति रौतहटमा नयाँ २ एस सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

बुधबार रौतहटमा एक भव्य कार्यक्रमका माझ गरिमा मोटर्सको वर्कसपमा सर्भिस सेन्टरको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा मधेश प्रदेशका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री (समीर भट्टराई, महिन्द्रा एण्ड महिन्द्राका तर्फबाट अटो डीभिजनको सर्भिस कन्ट्री म्यानेजर (सोमनाथ धर, बालाजु अटो वर्कसका सर्भिस हेड (शिव सुदन श्रेष्ठ, गरिमा मोटर्सका प्रबन्ध निर्देशक – कुन्दन चौधरी द्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नि ग्रुपका प्रतिनिधिहरुका साथसाथै अन्य माननीय अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, “महिन्द्राको आधिकारिक सेवा केन्द्र मधेश प्रदेश, रौतहटमा विस्तार गरिरहँदा हामी निकै उत्साहित छौँ । हामीले दक्ष प्राविधिकहरू तथा उच्चस्तरीय उपकरणसहित महिन्द्राको आधिकारिक सेवा सुविधालाई क्षेत्रीयस्तरमा विस्तार गर्ने लक्ष्य बोकेका छौँ । यो उद्घाटन समारोह हाम्रो यही लक्ष्यतर्फ यात्राको महत्त्वपूर्ण पाइला हो । हामीलाई यो विश्वास छ कि हाम्रा क्षेत्रीय ग्राहकहरूले महिन्द्राको आधिकारिक र उच्चस्तरीय सेवा तथा सुविधा सहजै पाउनुहुनेछ जसले महिन्द्रा गाडीको स्वामित्व अनुभव अझ परिस्कृत हुनेछ ।”

यो नयाँ सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य रौतहट वरपर बसोबास गर्ने ग्राहकहरूलाई सुविधाजनक पहुँच र समयमै सहयोग सुनिश्चित गर्नु हो । बालाजु अटो वर्क्सले नयाँ २ एस सर्भिस सेन्टरमा गुणस्तरीय सेवाको अनुभव गर्न सबै ग्राहकहरूलाई स्वागत गर्दछ । अग्नी ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिईरहेको छ । उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नी ग्रुप (बालाजु अटो वर्कसले आफ्ना सेवाहरु यसरी नै नेपाल अधिराज्यभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube