ललितपुर - ललितपुर । देश विकास पार्टीबाट राजनीति सुरू गर्न लागेका काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच आज अपराह्न भेटवार्ता भएको छ। मेयर शाहलाई भेट्न भट्टराई ज्वागल आएका हुन् ।
यतिखेर उनले नयाँ राजनीतिक पार्टी मार्फत अघि बढ्ने तयारी स्वरूप भेटवार्तालाई तीव्र पारेका छन् । यद्यपि उनको प्रयास सबै वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने रहेको उनका निकटहरूको भनाई छ ।
आगामी निर्वाचनमा उनी एमाले अध्यक्ष केपी ओलीले निर्वाचन जितेको क्षेत्र झापा ५ बाट उम्मेदवारी दिने चर्चा छ । हिजो र आज गरी उनले नयाँ पुराना विभिन्न दलका नेताहरू , कलाकर्मी, सञ्चारकर्मी सहित जेन्जी अभियन्ताहरू सँग एक्ला एक्लै भेटवार्ता गरिरहेका छन् । आजै मात्र पनि उनले दोस्रो पटक रास्वपा सभापति रवि लामिछाने सँग वार्ता गरेका छन् । रास्वपाका नेताहरु शिशिर खनाल अशिम शाह संग पनि बालेनले आजै भेटवार्ता गरेका थिए ।

बिजनेस पाटी