‘बा आउनु भएको छैन’–युगकवि सिद्धिचरण श्रेष्ठ


स्वयम्भू शाक्य

युगले कोल्टो फेरे पनि देशमा परिवर्तन हुन सकिरहेको छैन । प्रजातन्त्र आए पनि प्रजातन्त्र आए जस्तो लाग्दैन । समय र परिस्थिति हामीहरूका लागि अभैm अनुकूल भएको छैन । किनकि बाको शरीर बिग्रेको छ, प्रजातन्त्रका निम्ति विगुल फुक्दा कालकोठरीमा बसी भर्खरै जेलजीवनबाट छुटेकोले होला मेरी आमालाई डर लाग्नु स्वभाविक हो । त्यसैले आमा सधैं कराउनु हुन्छ तिम्रो बा आउनु भएको छैन । पानी झ्वाम झ्वाम परिरहेको छ । हावा बेसरी चलिरहेको छ । समयले रातलाई बोलाएर होला सबैको घर–घरमा बत्ती बलिसकेको छ । तैपनि बा आउनु भएको छैन । किन होला कतै पानी परेर बसिराख्नु भा को हो की ? कतै हावाहुरी चलेर ओट लाग्नु भा को हो की ? कतै समस्यामा अल्झिरहेको हो की ? कतै बाटोमा अध्यारो भई हिँड्न गाह्रो भैरहेको हो की ? थाहा छैन, अहिलेसम्म बा किन नआउनु भएको होला ? खैं के कामले बाहिर जानु भएको होला ? हे भगवान् ! हामीलाई रक्षा गर । मेरो बालाई छिट्टै घर पु¥याइ दिनु होला ।

भात पाकिसक्यो । समयले खाना खान बोलाई सक्यो । तैपनि बा आउनु भएको छैन । आमा एक्लै कराउँदै छिन् । मनमा नानाथरीका कुराहरूले माकुराको जालो बुन्दैछन् । कतै डर लागेर होला, कतै पीर परेर होला, त्रासैं त्रासमा शुभ–अशुभका नानाभाती कुराहरूले मन भत्काई रहेको छन् । मनभित्र आगो बालेर, मनभित्र हावाहुरी चलेर, मनभित्र अध्यारो भएर, मनभित्र समय मरिरहेको छ । मेरो बा अहिलेसम्म घरमा आउनु भएको छैन । पकाएको भात चिसो भई सेलाई सकेको छ । किन होला ? के भैरहेको होला ? कसरी बसिरहेको होला ? कहाँ छ होला ? यो आँखाले बालाई खोज्दैछ । यो मनले बालाई सोद्धैछ । बा अहिले तपाईं कहाँ हुनुहुन्छ ? बा आउनु भएको छैन भनी आमा रुन्दैछिन् । हाम्रो परिवारमा आज किन हो कुन्नी संकटको कालो बादल मडारिदैं छ । झ्वाम झ्वाम पानी परेकोले होला । हावाहुरी चलिरहेकोले होला । बाटो सुनसान छ । घर घरमा झ्याल–ढोकाहरू बन्द भैसकेको छ । सबैले भात खाएर सुत्ने तर्खर गर्दैछन् । तैपनि मेरो बा आउनु भएको छैन । हे ईश्वर ! यो कस्तो वज्रपात हो । हे ईश्वर ! यो कस्तो संकट हो ? जहाँ जसले जे गरे पनि चुप लागेर सहनु पर्ने यो कस्तो विवशता हो ?

आज मेरो बालाई के भैरहेको छ ? संकटै संकटको भूमरीमा मेरो बा कुनबेला निस्किने हो ? थाहा छैन हे भगवान् ! मेरो बालाई हाम्रो कति पीर परिरहेको होला ? मेरो बा कुनबेला टुप्लुक्क आइपुग्ने होला ? मनमा असाध्यै पीर परिरहेको छ । पीरै पीरमा हाम्रो परिवार सुक्न थालिसकेको छ । हे ईश्वर ! यो पानी पनि किन परिरहेको होला, एकछिन रोकि दिएको भए के हुन्थ्यो ? यो हावा पनि कति चलिरहेको होला, एकछिन रोकिदिएको भए के हुन्थ्यो ? यो बत्ती पनि किन चाँडै बालेको होला, अलि ढिलो बालिदिएको भए के हुन्थ्यो ? आमाले भात पनि किन चाँडै पकाएको होला ? अलि ढिलो पकाएको भए के बिग्रिन्थ्यो ? किनकि मेरो बा आज काम विशेषले घर आउन अलि ढिलो भएको हुनसक्छ । हामी बासँगै ढिलै भात खाई दिए के हुन्थ्यो ? सधैं चाँडै खानु पर्छ भन्ने के छ र ? आमा बालाई सम्झेर नरुनु होला । एकछिन ढिलो भएर के भो ? बाहिर पानी परिरहेको छ । हावा चलिरहेको छ । घर–घरमा बत्ती बलेर भात पाकिसक्यो भन्दैमा मेरो बा यस्तो पानी परि हावाहुरी चलिरहेको बेला घरमा कसरी आउन सकिन्छ ? कतै ओट लागेर बसिरहेको होला । मनभरी पीर लिएर चाँडै जान्छु भनी सोचिरहेको होला । आमा तपाईं रोएर के गर्नु ? तपाईंको रुवाईले हाम्रो मात्र होइन बाको छाती पनि पोल्न सक्ला । बा एकछिन ढिलो आएर के भो ? परिस्थितिले हामीलाई सबै कुरामा ढिलो बनाई राखेको छ ।
पानी परिरहेकोछ
हावा चलिरहेछ
समयले अबेर ओढिसक्यो
बत्ती बलिसक्यो
भात पाकिसक्यो
आमा कराउनु भइरहेछ
बा आउनु भएको छैन ।
प्रजातन्त्रले युगलाई बदलिसकेको छ । हिजोको जिब्रोछाप शासन र चाकडीतन्त्र अन्त भई अन्याय र अत्याचारीहरूलाई जनताले परास्त गरि आज नयाँ युगको जन्म भैसकेको छ । हामी नेपालीहरूलाई बाँधिराखेका फलामका जन्जीर पनि आन्दोलनले टुक्रा–टुक्रा पारेर फ्याँकिसकेको छ । समयचक्रले समय मागे पछि यो संसारमा तानाशाहीहरू आज इतिहास भैसकेका छन् । त्यसैले युग बदलिसक्यो । राणा शासन ढलिसक्यो । जनताले इच्छाएको प्रजातन्त्र आईसक्यो । अब देशमा जनताद्वारा चुनिएका छोरा–छोरीहरूले शासन गर्ने छ । बिसंगतिका कुराहरू निर्धक रूपमा सही आलोचना गर्न पाउने छ । कसैको डर त्रासमा होइन, कसैको चाकडी र चाप्लुसीमा होइन, कसैको निगाहमा होइन, कसैको इशारामा होइन केवल प्रजातन्त्रमा जनताको कुरो बोल्ने हो । जनताका निमित्त लड्ने हो । काम नलाग्ने मक्किसकेका राणा शासन ढलेर अब नेपालीहरू खुल्ला आकाश भैंm आजादी भएको छन् ।
भनिन्छ, प्रजातन्त्रभित्र थुप्रै रगत र पसिना लुकेको हुन्छ । त्यो रगत र पसिनालाई हामीले सही ठाउँमा सदुपयोग गर्न सकिएन भने हामी नेपालीहरू रुनु पर्नेछ । कठोर यातना सहेर आफ्नो ज्यान बलिदान गर्ने शहीदहरूको पनि श्राप लाग्ने छ । उज्यालोका लागि रातभरी हिँड्ने असंख्य वीर योद्धाहरूको मुटु फुट्ने छ । आजादीको लागि प्रजातन्त्रको आवाज बोक्ने सम्पूर्ण नेपालीहरूको बाटो भत्किने छ । त्यसैले हामी आफ्नो जन्मभुमिको कल्याण र विकासको लागि कठोर मेहनत गर्नु छ । आफ्नो शीप र कलाहरू यही माटोमा रोप्नु छ ।
समय बलवान छ । समयले प्रजातन्त्र ल्याइसकेको छ । तर प्रजातन्त्रले अहिलेसम्म आजादी ल्याउन सकेको छैन । कहिले नटुट्ने फलामको जन्जीर त टुक्रा पारिसकेको छ तर टुक्रा टुक्रा परेको त्यो जन्जीर अहिलेसम्म थान्कोमान्को लगाउन सकेको छैन । प्रजातन्त्र त आइसेकको छ तर प्रजातन्त्रले देशको उन्नति गर्न सकेको छैन । त्यसैले सिधासोझा जनताको यौटै प्रश्न छ, प्रजातन्त्र आएर पनि किन प्रजातन्त्र आउन बाँकी छ ?

थाहा छैन, आमा सधैं कराई रहनु हुन्छ । तिम्रो बा सधैं ढिलो किन आउने गर्छ ? शायद आमालाई लाग्दो हो प्रजातन्त्र आए पनि पूर्ण प्रजातन्त्र अहिलेसम्म आएको छैन । त्यसैले अगुल्टोले हानेको कुकूर बिजुलीदेखि तर्सिन्छ भने भैंm प्रजातन्त्रका लागि थुप्रै अमानवीय यातना भोगेर जेलनेल परेका अनि सम्पूर्ण नेपालीहरूको मनमा प्रजातन्त्र आइसक्यो भनी अभैंm विश्वास गर्न सकिरहेको छैन । किनकि प्रजातन्त्रभित्र जनता बलियो हुनु पर्छ । प्रजातन्त्रभित्र देशको उत्थान हुनुपर्छ । प्रजातन्त्रभित्र गाँस, बास र कपासको समस्या समाधान हुनुपर्छ । प्रजातन्त्रभित्र सबै ठाउँमा जनता भिज्नु पर्छ । तर खैं ? यो त शिशु प्रजातन्त्र हो । यो शिशु प्रजातन्त्रलाई राम्रोसँग हेर बिचार गर्न सकिएन भने कसैले अकालमैं मार्न सक्छ । त्यसैले मेरी आमालाई डर लागेको हुन सक्छ । तिम्रो बा सधैं ढिलो आउँछ भनी पीर परेको हुन सक्छ ।
युग बदलिइसक्यो
राणा ढलिसक्यो
भन्दछ जन्जीर टुटिसक्यो
अझ पनि आजादी आएको छैन
प्रगति आएको छैन
प्रजातन्त्र आएको छैन ।
आमा कराउनु भइरहेछ
बा आउनु भएको छैन ।
राणा शासनकालमा देश अन्धकार थियो । चाकडी प्रथा देशभक्तीको पहिचान हुन्थ्यो । चाप्लुसी प्रथा योग्यताको कदर मानिन्थ्यो । शासकको इच्छा नै कानून थियो । देखाउने र चपाउने हात्तीको दाँत जस्तो जसको जे इच्छा छ त्यही नै कानून बन्थ्यो । त्यसैले मान्छे मारेर सत्ता कब्जा गर्ने उक्त समयमा न बोल्न पाइन्छ न लेख्न पाइन्छ । न सोध्न पाइन्छ, न हेर्न पाइन्छ । अन्धकारमा देशलाई हिँडाईरहेको थियो । जनता–जनताबीच डर पैदा गरिराखेको थियो । किनकि आपूm बाँच्नका निम्ति अरुलाई भए नभएका झुठ्ठो लान्छना लगाउने चलन थियो । जसले धेरै चाकडी र चाप्लुसी गर्न सक्यो उसको जीत हुने समय थियो ।
समय गतिशील छ । आज जस्तो भोलि नहुन सक्छ । त्यसैले क्रान्तिका आवाजहरू एक कान दुई कान मैदान भएर प्रजातन्त्र ल्याउनका लागि अन्धकारको टाउँको फुटालिसक्यो । उज्यालोका लागि, नयाँ सुनौला किरण पाउनका लागि, भविष्यमा मान्छे भएर बाँच्नका लागि, तानाशाही होइन जनताको इच्छाले शासन चलाउनका लागि नेपालीहरूको साझा विचार र कल्पनाले आज साकार पाइसकेको छ । नेपालको माटोमा प्रजातन्त्र रोपिसकेको छ । त्यसैले अब देश विकास गर्नका लागि अधिकार मात्र होइन कर्तव्य पनि पालना गर्नु पर्दछ । आफ्नो घर, आँगन मात्र सफा राख्ने होइन सबै मिलेर सिङ्गो देशलाई सफा राख्नु पर्छ । तब मात्र देशले जनताको इच्छा र आकांक्षालाई आत्मसाथ गरेको आभास हुन्छ । होइन भने प्रजातन्त्रको अर्थ के हुन सक्छ र ? नयाँ विहानीको अर्थ के हुन सक्छ र ? हिजो जे छ आज पनि त्यही हुने हो भने अन्धकारको ठाउँमा उज्यालो भए पनि मनको आँखाले अन्धकारै देखिने छ । विचार र कल्पनाहरूमा केही परिवर्तन आए पनि जनताले खोजेको परिवर्तन नआएसम्म नयाँ युगको थालनी भयो भनी कसरी भन्न सकिन्छ ? त्यसैले नयाँ युग आएको छैन । अभैm पनि नयाँ विहानी आएको छैन । किनकि नयाँ युग र नयाँ विहानीमा हिजोको कथा दोहोरिने छैन । आमा सधैं कराईरहनु हुन्छ । तिम्रो बा आउनु भएको छैन । रात झमक्क परेर होला प्रश्नै प्रश्नको सियोले मनमा घोचिरहन्छ ।
हाम्रो विचारको घुयेत्रोले
हाम्रो कल्पनाको बज्रले
अन्धकारको टाउको फुटिसक्यो
अझ पनि नयाँ विहान आएको छैन
नयाँ युग आएको छैन
आमा कराउनु भइरहेछ
बा आउनु भएको छैन ।
नेपालमा प्रजातन्त्र आइसके पनि प्रजातन्त्र आइनसकेको कुरा युगकवि सिद्धिचरण श्रेष्ठले वि.सं. २००९ सालमा प्रस्तुत कविताको रचना भएको देखिन्छ । युग परिवर्तन भएर मात्र पुग्दैन, परिवर्तन भए जस्तो पनि हुनु पर्दछ । जनतालाई महशुस हुने गरी राज्य सत्तामा मात्र होइन आर्थिक क्रान्ति गरी गाँस, बास र कपासमा पनि आमूल परिवर्तन गरी प्रगति गर्न सक्नु पर्दछ । होइन भने प्रजातन्त्रका लागि ज्यानको बाजी राखेर विद्रोहीका आवाजहरू ओकल्ने वीर योद्धाहरूले गरेका थुप्रै त्याग, तपस्या र जेलनेलका यातना मात्र होइन आफ्नै प्राणको बलिदान गरी शहीद भएका महान अमर आत्माहरू समेत ओझेलमा पर्ने छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई पीर पर्नु स्वभाविक हो । बा आउनु भएको छैन भनी आमा कराइरहनु परिस्थितिको चित्रण हो । हिजो यौटा अन्धकारको युग थियो । त्यो अन्धकारलाई चिरेर आज उज्यालोको युग जन्म भैसकेको छ । नयाँ परिवे शमा नयाँ नयाँ कुराहरूको शुरुवाट गरी देश विकास गर्नका लागि जनता बलियो पार्नु पर्छ ।

प्रकासित मिति २०७८–८–७

फेसबुकबाट तपाईको प्रतिक्रिया