बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोजगारीको अवसर

काठमाडौं, १२ फगुन २०८१ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शाखा अधिकृत र एकाउन्टेन्ट पदका लागि दर्खास्त आव्हान गरेको छ ।
करार सेवाका लागि प्रतिष्ठानले शाखा अधिकृत (लेखा) र एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
उमेरका हिसावले आवेदक पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।
यसैगरी योग्यताका हिसावले शाखा अधिकृत पदमा आवेदन दिने इच्छुकको मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य विषयमा स्नातकोत्तर उत्तीर्ण र एकाउन्टेन्ट पदमा आवेदन दिने इच्छुकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
अवेदन शुल्क भने शाखा अधिकृत पदको लागि दुई हजार २५० रूपैयाँ र एकाउन्टेन्ट पदको लागि एक हजार पाँच सय रूपैयाँ लाग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया