बिर्सिएकि रहेछौ तिमि सम्झना…..

काठमाडौं १९, मंसिर २०७९

बिर्सिएकि रहेछौ तिमि सम्झना आएर बोलाईरहे
जहाँ जता भए पनि तिमिलाई बोलाईरहे

बाटो भुलेर गयौ तिमि त्यो पारिको पाहाडको बाटो
मन रोयो मेरो यहाँ मनमा छट्पटी भयो
याद आयो तिम्रो यादमा समय बिताईरहे
जहाँ जता भए पनि तिमिलाई बोलाईरहे

अतित सबै कुरा सम्झना आईरह्यो
आफैलाई आफैले बिर्सिएर हिडनुपर्यो
बिगत क्षणका यादहरु मेरो मनमा राखिरहे
जहाँ जता भए पनि तिमिलाई बोलाईरहे

गोबिन्द राज ओझा (राजन)
(दिपायल सिलगढी न।पा।२ दिपायल डोटी

फेसबुकबाट तपाईको प्रतिक्रिया