२०८२ आश्विन १६ | Oct 02, 2025

बीडी त्यागी स्मृति सम्मान प्रतिभा चयन

BusinessPati बिजनेस पाटी
|
२०८० चैत्र १५
|
612 views

काठमाडौं १५ चैत २०८०

एक्काइसौं बीडी त्यागी स्मृति दिवसको अवसर पारेर हरेक वर्ष झैँ २०८१ सालमा पनि बीडी त्यागी स्मृति केन्द्रले पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।चैत १५ गते बिहीबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान २०८१ वरिष्ठ साहित्यकार प्राडा हेमनाथ पौडेललाई ,बीडी त्यागी विशिष्ट सम्मान २०८१ वरिष्ठ साहित्यकार डा विदुर चालिसेलाई,एक सय एक रुपैया सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ वरिष्ठ साहित्यकार बियोगी बुढाथोकीलाई ,बीडी त्यागी प्रतिभा सम्मान २०८१ साहित्यकार विसुकुमार केसीलाई र बीडी त्यागी योगदान सम्मान २०८१ गीतकार तथा महिला उद्यमी कमला श्री थापालाई प्रदान गरिने भएको छ ।

संस्थाको सल्लाहकार वरिष्ठ उपन्यासकार शङ्कर भारतीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको हो । आगामी बैशाख १९ गते एक कार्यक्रम बीच ती सम्मानहरु अर्पण गरिने केन्द्रका महासचिव निबन्ध आचार्यले जानकारी दिनुभएको छ ।१०८ स्वामी गोपलानन्द गिरी परिचयात्म काव्य, बन्द झ्यालको शीशा भित्र कथा सङ्ग्रह ,बैराग्य नाटक,उत्पात उपन्यास ,शुभेच्छा कवितात्मक एल्बम,अठार अध्याय गीता महात्म्य,धोती न टोपी लोककथा सङ्ग्रह,समृद्धि सपना उपन्यास र चार थुम्का उपन्यास सङ्ग्रह प्रकाशित गरिसक्नुभएको साहित्यकार बीडी त्यागीको २०६० साल बैशाख १९ गते निधन भएको थियो । २०६१ सालदेखि वहाँको स्मृतिमा बीडी त्यागी स्मृति केन्द्रले सम्मान अर्पण गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया