२०८२ श्रावण ६

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई बुझ्न नसकेकै कारण यतिबेला नेपालको राजसंस्था नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् । आज (मंगलबार) ४३औँ बीपी स्मृति दिवसका अवसरमा काठमाडौंको वसुन्धरामा आयोजित एक विचार गोष्ठीमा महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने बीपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको उनले उल्लेख गर्दै उनले त्यसैको परिणामस्वरूप नेपालमा राजसंस्था अन्त्य भएको समेत बताए ।
उनले भने, “बीपी कोइरालालाई बुझ्ने विषयमा देशमा धेरै नै कमजोरी भएको छ । कांग्रेसले पनि बीपीलाई उचित ढंगले बुझ्न नसकेकोले यो स्थिति सिजर्ना भएको हो ।”
नेपालका कम्युनिस्ट पार्टी र राजसंस्थाबाट समेत बीपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया