२०८२ भाद्र ७ | Aug 23, 2025

बुटवलमा एक पुरुषले गरे परिवारका तीन जनाको हत्या

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ १४

बुटवल । बुटवलमा एक पुरुषले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । घरेलु हतियारको प्रयोग गरेर ती पुरुषले बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरे ।

बुधबार विहानै दिपाका पूर्व श्रीमान सुजन कोइरालाले दिपा लगायत उनका दुई छोरीहरुको समेत हत्या गरे । उनीहरु दुईबीच सम्बन्ध विच्छेद भइसकेको थियो । सम्बन्ध विच्छेद पश्चात दिपाले अर्कै केटासँग विवाह गरेको र उनका पूर्व श्रीमान सुजन कोइरालाले विभिन्न बहानामा आफ्नै घरमा बोलाएर आज बिहान अन्दाजी ४ बजेको समय पारेर उनको हत्या गरेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

तीनैजनाको हत्याका लागि घरेलु हतियार हेम्बर र चक्कुको प्रयोग भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अभियुक्त सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ ।

यसअघि सुजन आफ्नै दाजु मारेर जेल बसेका थिए । उनी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया