२०८२ भाद्र ६ | Aug 22, 2025

बुटवल पावर एफपिओ रद्द गर्दै ४० प्रतिशत हकप्रद सेयर निष्कासनको तयारीमा 

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २५

काठमाडौं । बुटवल पावर कम्पनीले यसअघि निकाल्ने भनेको एफपिओ (फर्दर पब्लिक अफरिङ एफपिओ) रद्द गरेर अर्को ४०
प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी भएको छ।

कम्पनीले ४० प्रतिशत अर्थत १ अर्ब ३६ करोड ३६ लाख रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो।
कम्पनीको सञ्चालक समिति बैठकले विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेका
छन् ।

२०८० फागुनमै कम्पनीले प्रमियम सहित प्रतिकित्ता दुई सय ६ रूपैयाँ २९ पैसाको दरमा एफपिओ जारी गर्ने अनुमति
माग्दै धितोपत्र बोर्ड पुगेको थियो।

दुई अर्ब ६ करोड रूपैयाँको एफपिओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय कम्पनीले गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रूपैयाँ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया