
काठमाडौँ । काठमाडौंको बुद्धनगरस्थित एक चिया पसलमा महानगरपालिकाले डोजर चलाएको छ । बुद्धनगर टोलबासीको गुनासोकै आधारमा यस चिया पसलमा डोजर चलाइएको बुद्धनगर नगरप्रहरीले जनाएको हो । स्थानीयबासीले उक्त क्याफ्लेमा होहल्ला भएको भन्दै असार ११ मा वडामा दिवेदन दिएका थिए ।
बुद्धनगरको सुवर्ण मार्गस्थित ‘कडक चिया क्याफे’मा महानगर प्रहरीले आज डोजर चलाएर संरचना भत्काएको हो । उक्त संरचना महानगरपालिकाको अनुमति विना अवैध रुपमा बनेकोले भत्काइएको बुझिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा पर्ने उक्त कडक चिया क्याफे’मा दिनहुँजसो होहल्ला र झगडा पर्ने गरेको बुद्धनगर टोलबासीको गुनासो थियो । १० असारमा उक्त क्याफेमा दिउँसै युवाहरूले मादक पदार्थ सेवन गरेर झगडा गर्दा रक्तपातपूर्ण अवस्था बनेको थियो । त्यसपछि वडा सदस्य सतिश तण्डुकारसहितका स्थानीयले प्रहरी बोलासँगै युवाहरू पक्राउ परेको बताइएको छ ।
यसअघि पनि उक्त क्याफ्मा गैरकानुनी कार्य समेत हुने गरेकोले दिउँसैदेखि मध्यरातसम्म युवाहरूले हो–हल्ला गर्ने, झगडा गर्ने जस्ता घटना हुने गरेको भन्दै स्थानीयबासीले पटक पटक गुनासो गरेका थिए । त्यसपछि वडाध्यक्ष रामकुमार केसीसमक्ष बुद्धनगर टोल सुधार समितिका अध्यक्ष प्रियनाथ खनालको टोलीले ११ असारमा टोलमा शान्ति सुरक्षा कायम गर्न माग गर्दै निवेदन दिएका थिए ।
स्थानीयका निवेदन प्राप्ता हुनासाथ वडाध्यक्ष केसीले तुरुन्त उक्त क्याफेको संरचनाका बारेमा विस्तृत विवरण उपलब्ध गराउने नगर प्रहरीको पूर्वीक्षेत्र कमान्डलाई पत्राचार गरेका थिए । त्यसपछि छानबिन गर्दा उक्त संरचना नै अवैध ढंगले निर्माण भएको खुलेको र त्यसपश्चात् डोजर चलाएर उक्त संरचना भत्काइएको नगर प्रहरीले जानकारी गराएको छ ।
प्रहरीको अनुसार महानगरको अनुमति विना र नक्सा पास विना नै अस्थायी संरचना बनाएर कडक चिया सञ्चालन हुँदै आएको पाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया