२०८२ आश्विन १६ | Oct 02, 2025

बुधबार सार्वजनिक विदा दिने निर्णय

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३
|
204 views

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोली (बुधबार) अर्थात् भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले आज (मंगलबार) एक सूचना जारी गर्दै प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

यसअघि प्रदेश मन्त्रिपरिषद् बैठकबाट २०८१ को वैशाख १७ गतेको निर्णयअनुसार प्रदेशका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा दिँदै आएको जानकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले दिएका छन्।

कर्णाली ‘प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्काली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ(संस्थाहरूमा बुधबार विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया