|
|
२०८२ पुष ६
1.2k views
ललितपुर । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले तरलता र ब्याजदर ब्यवस्थापनका लागि आज फेरि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ ।
वित्तीय प्रणालीमा जम्मा भएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ८४ दिनका लागि यसरी पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।
यो निक्षेप संकलन उपकरणको आउँदो चैत १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।












फेसबुकबाट तपाईको प्रतिक्रिया