२०८२ आश्विन १६ | Oct 02, 2025

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ तान्दै

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २१
|
204 views

ललितपुर । वित्तीय प्रणालीमा देखिएको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज अर्थात् साउन २१ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो ३५ दिने निक्षेप संकलन उपकरणको भदौ २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यसअघि आइतबार अर्थात् साउन १८ गते राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तानेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया