२०८२ आश्विन १६ | Oct 02, 2025

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११
|
153 views

ललितपुर । बैंकिङ प्रणालीमा अधिक तरलता जम्मा भएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले असार ११ गते फेरि बैंकिङ प्रणालीबाट तरलता खिच्न लागेको हो।

पछिल्लो एक वर्षदेखि अधिक तरलता थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले यसरी बजारबाट रकम उठाउँदै आएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

यो निक्षेप संकलन उपकरणको भदौ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया