२०८२ आश्विन १६ | Oct 02, 2025

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, आज पनि ४० अर्ब तान्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१
|
102 views

ललितपुर । बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट पैसा तानिरहेको छ । आज पनि राष्ट्र बैंकले बजारबाट बैंकिङ प्रणालीमार्फत् ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा आएको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब रुपैयाँ तान्न लागेको हो । यसका लागि आज अर्थाते जेठ २१ गते दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

यसका लागि निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको असार ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ। पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता थुप्रिएको हो ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया