बैंकिङ प्रणालीमा निरन्तर तरलता, राष्ट्र बैंकले आज ३० अर्ब तान्दै

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २०
|
816 views

ललितपुर - काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लामो समयदेखि लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा तानिरहेको छ।

अधिक तरलताकै कारण आज पनि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ ।अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यस्तै निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने हुन्छ । तर, बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने जानकारी राष्ट्र बैंकले गराएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

 पात्रो/राशिफल  रेडियो YouTube