बैकहरुले गरे दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन

बिजनेसपाटी ३ भदौ ।
धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौर गाउँपालिकाहरुमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सेञ्चुरी, प्रभु, कुमारी, महालक्ष्मी, मुक्तीनाथले अधिकतम सत्तरी प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीन वर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया