२०८२ भाद्र ८ | Aug 24, 2025

बैतडीमा पहिरोले एक घर पुरियो

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ७

बैतडी जिल्लाको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खस्न लागेको थाहा भएपछि परिवारका सबै सदस्य घरबाहिर निस्केकाले मानवीय क्षति भएको छैन । पहिरोका कारण बोहराको गोठमा बाँधिएको एउटा भैसी, एउटा पाडो र एउटा बाख्रो पुरिएका प्रहरी निरीक्षक बडुले बताउनुभयो । उहाँका अनुसार घरभित्रका अन्नपात, लत्ताकपडालगायत सबै सामग्री नष्ट भएका छन् । अहिले घटनास्थलमा खटिएको प्रहरीको टोली र स्थानीयले पहिरो पन्छ्याउने कार्य गरिरहेका छन् । पहिरोले घर पुरिँदा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक बडुले जानकारी दिनुभयो । घर पहिरोले पुरेपछि बोहराको ११ जनाको परिवार अहिले छिमेकी मोतीराम बोहराको घरमा बसिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया