बोलकबोलमार्फत आज २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १३
|
1.4k views

ललितपुर - ललितपुर । नेपाल राष्ट्र बैंकले आज बोलकबोलमार्फत् २० अर्ब निक्षेप खिच्दैछ । पछिल्लो समय वित्तीय प्रणालीमा अधिक तरलता बढ्ने क्रम नरोकिएपछि राष्ट्र बैंकले यसरी पटक पटक निक्षेप खिचिरहेको छ । आज पनि बैंकले १२ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।

वित्तीय प्रणालीमा अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगिसकेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

 पात्रो/राशिफल  रेडियो YouTube