२०८२ श्रावण १२

काठमाडौं । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।
प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया संघ र सनातन युवा मञ्च नेपालले गरेका हुन् ।
आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ ।
साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनका लागि आज चारै ढोका खुला गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया