ललितपुर । सुदूरपश्चिम रोयल्स राजधानीमा जारी दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।
मंगलबार सम्पन्न पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो सिजन पनि उपाधि नजिक पुगेको हो । पराजित विराटनगरले भने दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ ।
मंगलबारको खेलपछि विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले ब्याटिङ नचल्दा पराजित हुनुपरेको बताएका थिए । उनले भने, “अस्ति हाम्रो दिन थियो, आज सुदूरको दिन रह्यो, “ब्याटिङमा हामी चल्न सकेनौँ, त्यसको नतिजा सुदूरपश्चिमको पक्षमा प¥यो ।” मंगलबारको खेलमा देखिएका कमीकमजोरी सुधार गरेर अर्को खेलमा सुधार गर्ने बताए ।
यता सुदूरपश्चिमका विदेशी खेलाडी स्कट कुगेलेइनले भने यसपटकको उपाधि आफूहरूले जित्ने बताएका थिए । उनले भने, “लगातार दोस्रो पटक फाइनल पुगे पनि यसपल्ट उपाधि सुदूरपश्चिमले जित्ने हो ।”



















फेसबुकबाट तपाईको प्रतिक्रिया