२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक लाख युनिट रक्त–सङ्कलन गर्ने र गिनिज वर्ल्ड रेकर्ड कायम गर्ने लक्ष्यसहित बृहत् रक्तदान अभियान (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ४
|
969 views

ललितपुर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले विश्व बन्धुत्व दिवसका अवसरमा वृहत् रक्तदान अभियान आयोजना गरेको छ । केन्द्रले संस्थाका एशोसियट अन्तर्राष्ट्रिय मुख्यालय ‘प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय’ भारतका पूर्वमुख्य प्रशासिका डा प्रकाशमणिको १८औँ पुण्य तिथि पारेर एक लाख युनिट रक्त–सङ्कलन गर्ने लक्ष्यसहित बृहत् रक्तदान अभियान आयोजना गरेको हो । 

विशाल रक्तदान, महादान अभियानको रूपमा चार दिनसम्म कार्यक्रम आयोजना गरिएको हो । अभियान यही भदौ ६ देखि ९ गतेसम्म सञ्चालन हुने र अभियानमा नेपाल र भारतमा रहेका हजारौँ ब्रह्माकुमारीका सदस्यहरू, विभिन्न सामाजिक संस्था तथा सङ्घ–सङ्गठनको सक्रिय सहकार्य रहने जनाइएको छ । १ लाख युनिट रगत सङ्कलन गर्ने लक्ष्यसहितको यो अभियान हालसम्मको सबैभन्दा ठूलो रक्तदान एवं सङ्कलन सम्बन्धी मानवीय प्रयासका रूपमा रहने र गिनिज वर्ल्ड रेकर्ड कायम हुन सक्ने अनुमान गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया