२०८२ फाल्गुन ६ | Feb 18, 2026

ब्रिटिस कलेजका सीईओलाई एसएमई न्यूज ‘एमडी अफ द इयर’ अवार्ड प्रदान

BusinessPati बिजनेस पाटी
|
२०८१ भाद्र ७
|
255 views

काठमाडौँ  भदौ २०८१

बेलायतको प्रकाशन गृह एसएमईले वार्षिक रूपमा सकारात्मक परिवर्तनको लागि काम गरिरहेका व्यवसायीहरूलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । एसएमई न्यूजले उद्यमशिलता क्षेत्रका परिश्रमीहरु योग्य व्यक्तिहरूलाई अवार्ड प्रदान गर्दछ । अन्य प्रतिस्पर्धीहरूभन्दा फरक तरिकाले आइटी सोलुसन, डेटा माइग्रेशन तथा आईटी ट्रान्फरमेशन सेक्टरमा काम गर्दै आएका व्यक्तिहरू सो अवार्डको लागि मनोनयनमा परेका थिए ।
सिइओ कँडेलले ‘इन्टरनेशनल एजुकेशन सेक्टर’ विधा अन्तर्गत ‘सर्वश्रेष्ठ लगानी गर्ने म्यानेजिङ डाइरेक्टर’को रूपमा कँडेल ग्रुपको लागि यो अवार्ड जितेका थिए । उद्यमशीलताको क्षेत्रमा सकारात्मक प्रभाव पारेको आधारमा छनौट भई अवार्डद्वारा सम्मानित भएका सीईओ कँडेलले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा योगदान गरेको कलेजले जनाएको छ ।
‘मैले मेरो करियर आईटी म्यानेजरको रूपमा सुरु गरेको थिएँ । अहिले हामीले विश्वको केही शीर्ष विश्वविद्यालयहरूसँग साझेदारी गर्दै आईटी विषयहरूसँगै अन्य शैक्षिक कार्यक्रमहरू पनि विश्वका चार वटा महादेशमा रहेका विद्यार्थीहरूलाई प्रदान गर्दै आएका छौँ ।,’ अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिँदै सिईओ कँडेलले भने, ‘यसै वर्ष पनि हामीले बेलायतको ग्रिनबिच विश्वविद्यालयसँगको साझेदारीमा कोर्षहरु प्रदान गर्न सुरु गरेका छौँ । त्यस्तै, क्यानडाको म्यारिटाइम बिजनेश कलेज पनि अधिग्रहण गरेका छौँ । त्यसैले यो अवार्ड मेरो लागि धेरै अर्थपूर्ण छ र यो नयाँ कुराहरूको सुरुवात हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया