२०८२ भाद्र ६ | Aug 22, 2025

भक्तपुरमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ६

भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट भक्तपुर आदर्श बस्ने ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ ।

बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं।को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएपछि उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी जानकारी दिए। 

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया