
भक्तपुर । सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुने भएको छ ।
कराते विकासमा तथा नयाँ खेलाडी उत्पादन लागि सूर्यविनायक नगरपालिकाको प्रायोजनमा सूर्यविनायक नगर सितोरियो कराँते सङ्घको आयोजनामा भक्तपुरमा जेठ ९ र १० गते बागमती प्रदेश व्यापी कराते प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
प्रतियोगितामा प्रदेशका विभिन्न डोजो तथा खेलाडीहरू सहभागी हुने भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण त्वातीले जानकारी दिए ।
त्वातीका अनुसार आगामी जेठ ९ र १० गते सूर्यविनायक नगरपालिका वडा नम्वर ९ को सेराटन बैकिटमा प्रतियोगिता सञ्चालन हुने छ भने प्रतियोगितामा ५ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छन्।
तौल समूह अनुसार हुने उक्त प्रतियोगितामा महिला, पुरुष गरी ५ सय बढी खेलाडी सहभागी हुने उनले जानकारी दिएका छन् । ३५ केजी देखि ६७ प्लस केजी तौल समूहसम्म पुरुष तथा ३५ केजी तौलदेखि ६१ केजी तौल सम्म महिला गरी १५ खेल यस्तै महिला तथा पुरुष काता तथा महिला पुरुष टिम काता समेत खेलमा समावेश हुने छन् ।
खेल डब्लु केएफ, एकेफ र एनकेएफ को नियम अनुसार खेल खेलाइने समेतको जानकारी पत्रकार सम्मेलानमार्फ कार्यक्रम संयोजकले त्यातीले दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया