२०८२ भाद्र १५
1.1k views

ललितपुर । आगामी भदौ २९ गतेदेखि दशैंका लागि नयाँ तथा सुकिला नोट साट्न पाइने भएको छ । प्रत्येक वर्षझै यस वर्ष पनि नयाँ नोटका लागि भदौ २९ गतेदेखि असोज १० गतेसम्म नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले एक सुचना प्रकाशित गर्दै सर्वसाधारणलगायत विभिन्न संघ संस्थाका लागि उक्त मितिमा बैंकिङ कारोबार गर्दा सुकिला नोट सटही गर्ने व्यवस्था गरेको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार, प्रदेशस्थित कार्यालयहरु विराटनर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी० र इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाबाट सुकिला नोट सटही गर्न सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया