
काठमाडौं । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकबाट भन्सार विधेयक पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले पारित गरेको छ।
यो विधेयक अघिल्लो सरकारले ल्याएको थियो । भन्सार विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
१८ चैत २०८० मा दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो । अर्थ समितिबाट पारित भएर १४ वैशाख २०८१ मा सभामा गएको थियो । जसलाई २०८२ वैशाख १६ गते बसेको प्रतिनिधिसभाको बैठकले पारित गरेको हो ।
यसपछि यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बल्ल ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया