भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे प्रभु बैँक र सौराहाका १६ बढि होटल-रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौँ, २७ जेठ २०८१  

प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरुलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दे सौराहामा अवस्थित विभिन्न होटल तथा रेष्टुरेन्ट सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट गण्डकी प्रदेश–५की प्रमुख साँग्रीला श्रेष्ठ र सौराहा का शाखा प्रबन्धक मणि मानन्धरले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहक वर्गहरुले बैँक सँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजातथाहोटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्तगर्न सक्ने बैँकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्य का रुपमालिन सकिन्छ ।

बिभिन्न देश तथा बिदेश बाट यस स्थानमा पर्यटकहरुको आगमन हुने गरेको पाईन्छ ।बिश्वमै अतिदुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गलीजनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्तिजिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमाउनिहरुको सांस्कृतिक,पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्Èणको केन्द्र हो ।

सो सम्झौतामा ग्र्राहकवर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८∞ देखी १५ प्रतिशत तथा खाना तथा पेय पदार्थमा १० प्रतिशत देखी १५∞ सम्मका छुट प्राप्त गर्नसकिने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२ शाखाकार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवाप्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया