२०८२ भाद्र ६ | Aug 22, 2025

भाटभटेनी समूहद्वारा नौ करोड ५० लाख बराबरको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ३०

ललितपुर । समृद्ध नेपाल र सुखी नेपाली बनाउने चाहनास्वरुप भाटभटेनी सुपरमार्केट समूहद्वारा नौ करोड ५० लाखको लागतमा त्रिवि शिक्षण अस्पताल परिसरमा निर्माण गरिएको भवन आज अस्ताललाई हस्तान्तरण गरेको छ । सोमवार त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताललाई भवन हस्तान्तरण गरेको हो ।

भाट भटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताललाई उक्त भवन हस्तान्तरण गरेका छन् । ईएचएस भवन हस्तान्तरण गर्दै अध्यक्ष गुरुङले भाटभटेनी समूहले स्व. पिता वृषबहादुर गुरुङ र स्व. माता धनमाया गुरुङको स्मृतिमा भवन निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको बताएका छन् । समृद्ध नेपाल र सुखी नेपाली बनाउन भाटभटेनीको तर्फबाट अग्रपंक्तिमा रहेर देश र जनताको सेवा गर्न आफू तयार रहेको बताए ।

सुपरमार्केट्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक गुरुङले सरकारले केही गर्छ कि भन्ने आशा नराखिकन आफूले सेवाभावले उक्त भवन हस्तान्रण गरेको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया