
नयाँ दिल्ली । भारतको गुजरातमा सवारीसाधन गुडिरहेको अवस्थामा पुल भाँचिएको छ । अत्यधिक वर्षाका कारण बुधबार बिहान अचानक पुल भाँचिएपछि पुलमाथि गुडिरहेका केही सवारीसाधनहरु नदीभित्र खसेका छन् । उक्त दुर्घटनाबाट धनजनको ठूलो क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
भारतको वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।
महिसागर नदीमाथि बनेको यो पुल ४५ वर्ष पुरानो रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप सहित केही सवारी साधन नदीमा खसेका छन् ।
उद्धारकर्मीले दुई वटा शव फेला पारेको पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य जारी रहेको र बेपत्ता यात्रीको खोजी भइरहेको जनाइएको छ । एजेनसी ।
फेसबुकबाट तपाईको प्रतिक्रिया