२०८२ आश्विन १६ | Oct 02, 2025

भारतमा लोकसभा निर्वाचनको मतगणना : एनडिए गठबन्धनको २७८ स्थानमा अग्रता

BusinessPati बिजनेस पाटी
|
२०८१ जेष्ठ २२
|
102 views

काठमाडौँ २२ जेष्ठ २०८१। 

भारतमा मतगणना सुरू भएको छ। लोकसभा ५४३ मध्ये ५४२ सिटको मतगणना स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरू भएको हो।

आजै मतपरिणाम सार्वजनिक हुनेछ।

प्रारम्भिक चरणमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको छ।

हालसम्मको मतपरिणाम अनुसार मतगणना जारी रहेकामध्ये २७८ स्थानमा एनडिए गठबन्धन र १८७ स्थानमा कंग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले अग्रता लिएको छ। १७ स्थानमा अन्य दलहरूले अग्रता लिएका छन्। विभिन्न एक्जिट पोलहरूले भाजपा नेतृत्वको नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धनले तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेको दि इन्डियन एक्सप्रेसमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया